भाग्य
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

वर्षौं लाग्दछ लक्ष्य भेट्न जति नै , सङ्घर्ष झेल्दा पनि
पूरा हुन्छ तुरुन्त लक्ष्य कहिले , हाँस्दा र खेल्दा पनि
राम्रो भाग्य भयो भने अति छिटो , यो जिन्दगी उठ्दछ
भाग्यै छैन भने हरेक पल मा , यो जिन्दगी टुट्दछ
 
कोही गायन मा समर्पित हुने , श्रीपेच थाप्ने अरू
कोही नर्तन निम्ति जीवन दिने , सम्मान च्याप्ने अरू
घोट्छन् हाड र पढ्दछन् जन कुनै,कुर्सी समात्छन् अरू
गर्छन् ती हनुमान् परन्तु पगडी , गुथ्ने त ढेडूहरू
 
खेलाडी जति हेर ! विश्वकप का , ती शिल्प सम्पन्न छन्
छन् उच्चस्तर का कलाकुशल छन् , बेजोड व्युत्पन्न छन्
सच्चा सीप हुँदाहुँदै पनि त्यहाँ , हार्छन् कुनै पक्ष ले
कच्चा खेल हुँदाहुँदै पनि त्यहाँ , जित्छन् कुनै पक्ष ले
 
थोरै लागत बाट अद्भुत धनी , हुन्छन् कुनै मानव
धेरै लागत बाट निर्धन यहाँ , बन्छन् कुनै मानव
साँचो बुद्धि पुर्याउँदा पनि कुनै , पाताल मा पुग्दछन्
कोही बुद्धिविहीन छन् तर उनै , आकाश मा उठ्दछन्
 
भाषा भेष निमित्त यो मन दिने , कोही लडेका लड्यै
पार्टी देश निमित्त जीवन दिने , कोही सडेका सड्यै
डोको भित्र अडिन्छ दूध जन को , सौभाग्य का कारण

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016